सन् २०२२ को बलिउड रिलिज क्यालेन्डर सार्वजनिक (सूचीसहित) – Nepal Press

सन् २०२२ को बलिउड रिलिज क्यालेन्डर सार्वजनिक (सूचीसहित)

मुम्बई । कोरोना महामारीपछि ठूला बलिउड फिल्महरुले धमाधम प्रदर्शनको तयारी थालेका छन् । ठूला बलिउड फिल्म निर्माताहरु दुईवर्षदेखि हल खुल्ने प्रतिक्षामा छन् । कोरोनाभाइरसको परिस्थिती सामान्य भए सन् २०२२ फिल्म प्रेमीको लागि एकदमै रोचक हुने छ । केही ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । सन् २०२२ को बलिउड फिल्म रिलिज क्यालेन्डर सार्वजनिक गरिएको छ ।

हेर्नूस् सूची :

भारतको गणतन्त्र दिवसमा रिलिज हुनेछ जोनको फिल्म ‘अट्याक’

२०२२ को सुरुआतमा एसएस राजामौलीको फिल्म आरआरआर प्रदर्शन हुँदैछ । यसबाहेक पान इन्डियाका फिल्म ‘राधे–श्याम’ र ‘पृथ्वीराज’ पनि जनवरीमा रिलिज हुँदैछन्। जोनको फिल्म ‘अट्याक र कश्मीर फाइल्स’ जनवरीमा गणतन्त्र दिवसको अवसरमा सँगै थिएटरमा आउनेछन् ।

फेब्रुअरीमा रिलिज हुँदैछ ‘गंगूबाई काठियावाडी’

‘आरआरआर’सँग बक्स अफिसको टक्करबाट बच्न आलिया भट्टद्धारा अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ अब फेब्रुअरी १८ मा रिलिज हुनेछ । यसको साथै ‘बिफोर यू डाइर्’ ‘मैजर’ र रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ पनि यसै महिना सिनेमाघरमा रिलिज हुनेछ ।

मार्चमा रिलिज हुँदैछ चार ठूला फिल्म

रणविर कपूरको मोस्ट वान्टेड फिल्म ‘शमशेर’ मार्च १८ मा रिलिज हुँदैछ भने कार्तिकको ‘भुल भुलैया २’ र आयुष्मान खुरानाको ‘अनेक भी’ पनि यसै महिना रिलिज हुनेछन् । अक्षयको ‘बच्चन पाण्डे’ पनि मार्च ४ मा रिलिज हुँदैछ ।

अप्रिलमा ठूलो भीडन्त हुनेछ

कंगना रनावतको धक्कड अप्रिल ८ मा रिलिज हुनेछ, त्यसपछि लालसिंह चड्डा र केजीएफ च्याप्टर २ अप्रिल १४ मा सँगै रिलिज हुनेछ । दुवै फिल्म ठूला स्टारका भएकाले फिल्मको सङ्कलनमा फरक पर्न सक्छ । यी बाहेक अमिताभ बच्चन, अजय देवगनको मेडे, रकेटरी र हिरोपन्ती २ पनि यसै महिना आउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर