ओलीले घोषणा गरेको पदाधिकारीमा १० भाइमध्येका रावल, भुसाल र आचार्य परेनन् – Nepal Press

ओलीले घोषणा गरेको पदाधिकारीमा १० भाइमध्येका रावल, भुसाल र आचार्य परेनन्

चितवन । एमालेको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा १० बुँदै सम्झौता गरेर एमालेमै रहेका नेतात्रय भीम रावल, घनश्याम भुसाल र भीम आचार्य परेनन् । रावल अध्यक्षका दाबेदार हुन् भने भुसाल उपाध्यक्षका दाबेदार हुन् । त्यस्तै भीम आचार्य यसअघि पार्टी सचिव थिए ।

रावल र भुसाल पदाधिकारीमा नसमेटिएपछि चुनाव हुने सम्भावना बढेको छ । अहिले ८ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ ।

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् ।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई उपाध्यक्ष बनाएका छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल परेका छन् । त्यस्तै, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल सचिवको सूचीमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर