भीम रावलका प्रस्तावक र समर्थक दुवै सुदूरपश्चिमका – Nepal Press

भीम रावलका प्रस्तावक र समर्थक दुवै सुदूरपश्चिमका

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलका समर्थक र प्रस्ताव दुवैजना सुदूरपश्चिमका छन् । रावलका प्रस्ताव महादेव बजगाई कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् ।

जिल्लामा महाधिवेशन प्रतिनिधि चयन हुन नसकेपछि केन्द्रीय कमिटीबाट मनोनित कोटामा परेका बजगाई एमाले सांसद तथा केन्द्रीय सदस्य झपट रावलको निर्वाचन क्षेत्रका उनी निकट नेता हुन् ।

एमाले प्रदेश कमिटी सदस्य समेत रहेका बजगाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसकेपछि उनले १२ सय संगठित सदस्यको तर्फबाट उजुरी दिएका थिए । रावलको अध्यक्ष पदको उम्मेदवारीमा उनी प्रस्तावक बसेका छन् ।

त्यस्तै रावलको समर्थक बसेकी दुधकला विष्ट एमालेको अछाम जिल्लाकी नेता हुन् । साँफेबगर नगरपालिकाको उपमेयरमा सिफारिस भए पनि उनले टिकट पाउन सकेकी थिइनन् ।

रावलको गृहजिल्ला र निर्वाचन क्षेत्रकी कार्यकर्ता दुधकला महाधिवेशन प्रतिनिधि बनेर आएदेखि नै उनको प्रचार प्रसारमा थिइन् । एमालेका निर्वाचित रावल निकट मेयर कुलवहादुर कुँवरसहितका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर