एमाले महाधिवेशन : उम्मेदवारी मनोनयन लगायतका बाँकी प्रक्रिया बिहानसम्म स्थगित – Nepal Press
ब्रेकिङ

एमाले महाधिवेशन : उम्मेदवारी मनोनयन लगायतका बाँकी प्रक्रिया बिहानसम्म स्थगित

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी  बाँकी प्रक्रिया सोमवार बिहानसम्मका लागि स्थगित भएका छन् ।

निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बाले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट अघि बढ्नेछन् ।

मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया शुरु भएको थियो । राति महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र उम्मेदवारी फारम वितरणमा प्राविधिक समस्या भएपछि अहिलेकै अवस्थामा स्थगित भएको सुब्बाले नेपाल प्रेसलाई बताए ।

उनले भने– फारम वितरण भइरहेको थियो । तर अध्यक्ष मण्डलको निर्णय अनुसार अब निर्वाचन प्रक्रियाका बाँकी सबै कार्यहरु सोमवार विहान ८ बजेपछि शुरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर