निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अध्यक्ष ओली र नेम्वाङ आन्तरिक छलफलमा – Nepal Press

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अध्यक्ष ओली र नेम्वाङ आन्तरिक छलफलमा

चितवन । नेकपा एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता सुवासचन्द्र नेम्वाङ आन्तरिक छलफलमा जुटेका छन् ।

केही समय अघि एमाले केन्द्रीय निर्वाचन अयोगल निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

अध्यक्ष ओलीले १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी राखकाे छन् । यता, नेम्वाङले भने वरिष्ठ उपाध्यक्षमा आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् ।

अध्यक्षका लागि अहिलेका उपाध्यक्ष भीम रावलले आफ्नो दावी गरिरहेका छन् ।

नेताहरुले अहिलेपनि सहमतिका लागि निरन्तर छलफलमा रहेका छन् ।

बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्तुत गर्ने अधिकार दिए पनि एमालेको निर्वाचन समितिले आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

एमालेको अध्यक्षमा डा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले दाबेदारी गरेका छन् ।

एकातिर सर्वसम्मतको प्रयास र अर्कोतिर उम्मेदवारी फिर्ता नलिने अडानका बीच आएको निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ता अहिले ११:३० देखि १२:३० बजेसम्म तोकिएको छ । उम्मेदवारी फिर्ता लिने २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २:१० मा हुने कार्यतालिका आएको छ । मतदान भोलि ९ देखि चार बजेसम्म हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अध्यक्ष मण्डलको आग्रहअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर