२७ जना रुसी कूटनीतिज्ञले अमेरिका छाड्ने – Nepal Press

२७ जना रुसी कूटनीतिज्ञले अमेरिका छाड्ने

न्यूयोर्क । अमेरिकाको लागि रुसी राजदूतले आफ्नो देशका थप २७ जना कूटनीतिज्ञ र तिनका परिवारलाई अमेरिकाले देश निकाला गर्ने निर्णय गरेको र उनीहरुले जनवरी ३० सम्म अमेरिका छाड्ने बताएका छन् ।

‘हाम्रा कूटनीतिज्ञहरुलाई हटाउने निर्णय गरिएको छ । हाम्रा २७ जना कूटनीतिज्ञ र तिनका परिवारले आउँदो वर्षको जनवरी अन्त्यमा देश छाड्दैछन् । हामीलाई गम्भीररुपमा कर्मचारीको अभाव भएको छ’ राजदूत एन्टोली एन्टानोभले भने ।

दुई मुलुकबीचको सम्बन्धमा तनाव उत्पन्न भएपछि सन् २०१६ यता गतअमेरिकाले आफ्ना १०० भन्दा बढी कूटनीतिज्ञ र तिनका परिवारलाई देश छाड्न भनेको रुसले जनाएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ताको अनुसार गत अक्टोबर २९ सम्म राष्ट्रसंघ कार्यालयसहित २०० भन्दा बढी रुसी कूटनीतिज्ञहरु अमेरिकामा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *