महेश बस्नेतको दावी – सबै विषयमा सहमति भयो, र्‍यापिङ्ग गर्न मात्रै बाँकी – Nepal Press

महेश बस्नेतको दावी – सबै विषयमा सहमति भयो, र्‍यापिङ्ग गर्न मात्रै बाँकी

चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले नेतृत्व चयनको विषय टुंगोमा पुगेको बताएका छन ।

अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निस्किएपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले भने, ‘सहमति टुंगिसकेको छ । सहमितमा सबै विषय टंगिएर र्यापिङ गर्न बाकी रहेको छ ।’

नेता बस्नेतले के के विषयमा सहमति भयो र के के विषय बाँकी छन् भन्ने विषयमा भने बोल्न चाहेनन् ।

अहिले केही बेरपछि एमालेको बन्दसत्र सुरु हुँदैछ । अहिले नेताहरु छलफलबाट निस्केर बन्दसत्रका लागि हलतर्फ हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर