प्रधानसम्पादक पौडेललाई भ्रातृशोक, १३ औं पुन्य तिथीमा माओवादीले गर्यो शोकसभा – Nepal Press

प्रधानसम्पादक पौडेललाई भ्रातृशोक, १३ औं पुन्य तिथीमा माओवादीले गर्यो शोकसभा

रामेछाप । नेपालप्रेसका प्रधान सम्पादकका स्वर्गीय दाजु उद्धबराज पौडेलको १३ औं पुन्य तिथीको दिनमा नेकपा माओवादी केन्द्रले उनकै जन्मस्थलमा आइतबार शोकसभा आयोजना गरेको छ ।

माओवादी केन्द्रको जिल्लास्तरीय नेता पौडेल लिखु तामाकोशी गाउँपालिका कमिटीको कार्यालय सदस्य समेत थिए । पौडेलको निधनबाट परिवारलेमात्र नभएर गाउँ समाज तथा पार्टीले अपूरणीय क्षति भोग्नुपरेको कार्यक्रमका सहभागीले बताए ।

लिखु तामाकोशी-१ दुरागाउँस्थित वडा कार्यालय परिसरमा आयोजित शोकसभामा प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाई, संविधानसभा सदस्य लक्ष्मी गुरुङ, सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट लगायतले पौडेलको योगदानको चर्चा गरेका थिए ।

माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेका स्वर्गीय पौडेलको परिवारका तर्फबाट दाजु राजन पौडेलले सम्बोधन गरेका थिए । सो अवसरमा पौडेलका पिता कुवेरप्रसाद पौडेलसहित परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष अम्बर गुरुङ तथा जिल्ला नेताहरु रविन्द्र पौडेल, धुव्रकुमार कुमार कार्की लगायत परिवारका सदस्य र स्थानीय बासिन्दाको श्रद्धान्जलीसभामा उपस्थिति थियो ।

पौडेलसँगै ट्याक्टर दुर्घटनामा निधन भएका दुर्गाबहादुर भुजेलको परिवारका सदस्य समेत कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *