अध्यक्षले भीम रावलसँग आजै भेट्नुहुन्छ : प्रमुख सचेतक भट्टराई – Nepal Press

अध्यक्षले भीम रावलसँग आजै भेट्नुहुन्छ : प्रमुख सचेतक भट्टराई

चितवन । नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच वार्ता गराउने प्रयास भइरहेको बताएका छन् ।

सहमतिबाटै सवै नेतृत्व टुंगो लगाउने गरी अध्यक्ष ओलीले सबै नेताहरुसंग भेट गरिरहेका छन् । रावलसँग पनि उनले भेट गर्ने सचेतक भट्टराईले बताए ।

नेतृत्वका विषयमा लगभग सहमति नजिक रहेको उल्लेख गर्दै उनले अहिलेसम्म सहमति भने भइनसकेको बताए ।

उनले भने, ‘आजै भेट गराउने तयारी भइरहेको छ । सहमति जुटाउने प्रयास पनि जारी छ । तर सहमति भइसकेको छैन।

उनले एमालेको १० औं महाधिवेशनबाट ईश्वर पोखरेल नै वरिष्ठ उपाध्यक्ष हुने दावी गरे । उनले भने, ‘ईश्वर पोखरेल नै वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ । उहाँले अहिलेसम्म एमाले छाड्नुभएको छैन । अन्य पदाधिकारी बारे छलफल भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर