निर्वाचन प्रक्रिया सुरु नभएकोमा भीम रावलको आपत्ति, केही व्यक्तिले अन्यत्रै बसेर विधिविपरीत गरेको आरोप – Nepal Press

निर्वाचन प्रक्रिया सुरु नभएकोमा भीम रावलको आपत्ति, केही व्यक्तिले अन्यत्रै बसेर विधिविपरीत गरेको आरोप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनको निर्वाचन सम्बन्धी प्रक्रिया पूरा नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि पद्दतिविपरीत निर्णय गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व घोषणाको तयारी गरिरहेका बेला रावलले ट्वीट गर्दै अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरLत गर्नु आपत्तिजनक र पार्टी हित विरुद्धमा रहेको बताएका छन् ।

रावलले भनेका छन्– एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।

एमाले महाधिवेशनको कार्यतालिका अनुसार शनिवार उम्मेदवारी मनोनयन भएर आइतवार मतदान हुनुपर्ने थियो । तर सो प्रक्रियामै नगएपछि उनले आपत्ति जनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर