जिल्ला नेतृत्व छान्दै काठमाडौंका कांग्रेसी (तस्बिरहरू) – Nepal Press

जिल्ला नेतृत्व छान्दै काठमाडौंका कांग्रेसी (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तगर्त काठमाडौं जिल्ला कार्यसमितिको चयनका लागि आज निर्वाचन भएको छ । राष्ट्रिय सभागृहमा भएको निर्वाचनका लागि ३ हजार २ सय ७० जना क्षेत्रीय प्रतिनिधि मतदाता रहेका छन् । साढे २ बजेदेखि सुरू मतदान जारी छ । अहिलेसम्म एक हजार ७ सयले मतदान गरिसकेका छन् ।

काठमाडौं कांग्रेसको नेतृत्व लिन वर्तमान सभापति सबुज बानियाँ र पूर्व क्षेत्रीय सभापति उपेन्द्र कार्की चुनावी मैदानमा रहेका छन् । बानियाँलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा लगायतको समर्थन रहेको छ । त्यस्तै कार्कीलाई केन्द्रीय सभापति शेरबहादुर देउवा, सहमहामन्त्री डा.प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान लगायतको समर्थन रहेको छ ।

सबुज र उपेन्द्र दुवै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । काठमाडौं कांग्रेसको नेतृत्व चयनका लागि आज दुवै प्यानलका उम्मेदवार र कार्यकर्ताहरु प्रचार अभियानमा उत्तिकै खटिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर