मतदान भए सहभागी हुने, घोषणा भए बहिष्कार गर्ने रावलको रणनीति – Nepal Press

मतदान भए सहभागी हुने, घोषणा भए बहिष्कार गर्ने रावलको रणनीति

चितवन । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूनिकटकालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् ।

रावलले निर्वाचन भए मतदानमा सहभागी हुने घोषणा गरे बहिष्कार गर्ने योजना बनाएको स्रोतले बतायो । उनले यस विषयमा अरुलाई पनि तयारी रहन भनेका छन् ।

‘जति मत आए पनि लड्छु’,  रावलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘टीका लगाएर अध्यक्ष बनाउने कुरामा मेरो विमति हो । निर्वाचनमा जानुपर्छ मलाई तपाईंहरूले सहयोग गर्नुपर्छ ।’

रावललाई उपाध्यक्षमा राख्न ओली तयार रहे पनि उनी अध्यक्षबाहेक पदमा नबस्ने अडानमा छन् । उनीनिकटकाले भने रावललाई वरिष्ठ अध्यक्षका लागि आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर