बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने, सुरु हुनेबित्तिकै सकिने ! (भिडिओ) – Nepal Press
एमाले महाधिवेशन

बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने, सुरु हुनेबित्तिकै सकिने ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको हिजो स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने– आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।

पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै उनले आफूले दाबी गरेको सचिव पद छाडेको संकेत गरे । ‘तपाईंले सचिवको दाबी छाड्नुभएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कोही न कोहीले त्याग नगरे त सहमति नै हुँदैन नि !’

यसअघि नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले पनि सबै पदमा करिब सहमति भइसकेको बताएका थिए ।

एमाले जारी महाधिवेशनको हिजोको बन्दसत्रले सबै पदाधिकारी र सदस्यको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । उक्त निर्णयप्रति उपाध्यक्ष एवं अध्यक्षका दाबेदार भीम रावल र नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर