होटेल पार्क सफारीमा ओलीको ‘कोर टिम’, बन्दसत्रमा घोषणा गर्नेको सूची बनाइँदै – Nepal Press

होटेल पार्क सफारीमा ओलीको ‘कोर टिम’, बन्दसत्रमा घोषणा गर्नेको सूची बनाइँदै

चितवन । नेकपा (एमाले) को जारी महाधिवेशन टुंगोमा पुग्न नसकेका बेला अध्यक्ष केपी शर्मा ओलीसहितका मुख्य नेताहरु भने बन्दसत्र स्थलमा छैनन् ।

अध्यक्ष ओली र उनीनिकट ‘कोर टिम’ बन्दसत्र स्थल होटेल पार्क सफारीमा परामर्शमा छ । ओलीसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत लगायतका नेताहरु भने होटेलमा आन्तरिक छलफलमा छन् ।

स्रोतका अनुसार लामो समयदेखि होटेलमै बसिरहेका उनीहरुले बन्द सत्रमा घोषणा गरिने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार पारिरहेका छन् ।

सहमतिका लागि भन्दै बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया अझैं शुरु गरिएको छैन् ।

हिजोको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने प्राधिकार दिएको थियो । त्यसै अनुसार एकलौटीरुपमा नाम घोषणा गर्ने र ध्वनी मतका आधारमा पारित गराउने तयारी भइरहेको छ।

वरिष्ठ नेता र महासचिवमा सहमति हुन नसकेकाले बिहानैदेखि विभन्न नेताहरुसँग ओलीले संवाद गरेका थिए।


प्रतिक्रिया

One thought on “होटेल पार्क सफारीमा ओलीको ‘कोर टिम’, बन्दसत्रमा घोषणा गर्नेको सूची बनाइँदै

  1. नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

    अध्यक्ष– केपी शर्मा ओली

    बरिष्ठ उपाध्यक्ष– डा.भीम रावल

    उपाध्यक्षहरुः–
    १) इश्वर पोखरेल
    २) सुवास नेम्बाङ
    ३) रामबहादुर थापा
    ४) अष्टलक्ष्मी शाक्य
    ५) लालबाबु पण्डित
    ६) छबिलाल बिश्वकर्मा

    महासचिव– विष्णु पौडेल

    उप–महासचिवहरुः–
    १) घनश्याम भुषाल
    २) शंकर पोखरेल
    ३) प्रदीप ज्ञवाली

    सचिवहरुः–
    १) पृथ्बी सुब्बा गुरुङ
    २) योगेश भट्टराई
    ३) गोकर्ण बिष्ट
    ४) रघुजी पन्त
    ५) टोपबहादुर रायमाझी
    ६) रघुबीर महासेठ
    ७) शेरबहादुर तामाङ

    (सर्वसम्मति जुटाउन नसकिरहेका एमाले नेताहरुलाई ब्यक्तिगत सुझाव)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर