कोरोना संक्रमित नेता आचार्यलाई महाधिवेशनस्थलबाट भरतपुर अस्पताल लगियो – Nepal Press

कोरोना संक्रमित नेता आचार्यलाई महाधिवेशनस्थलबाट भरतपुर अस्पताल लगियो

काठमाडौं । एमाले महाधिवेशनमा भाग लिन आएका नेता भीम आचार्य कोरोना संक्रमणबाट बिरामी भएपछि अस्पताल लगिएको छ ।

केही दिनअघि संक्रमण पुष्टी भएपछि उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए ।

आइसोलेसनस्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो ।

उनलाई ज्वरो लगायतका लक्षणहरु देखिएका छन् ।

आचार्य छोटो समयमा लागि प्रदेश १को मुख्यमन्त्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर