दाङमा पौडेल पक्षका शंकर बने जिल्ला सभापति – Nepal Press

दाङमा पौडेल पक्षका शंकर बने जिल्ला सभापति

दाङ । नेपाली कांग्रेस दाङको सभापतिमा संस्थापनइतर पक्षका नेता शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् ।

पहिलो चरणको प्रतिस्पर्धामा उम्मेदवार रहेका ४ जनामध्ये कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएपछि दोस्रो चरणको निर्वाचन निश्चित भएको थियो ।

दोस्रो चरणमा प्रवेश गरेका संस्थापन पक्षका उम्मेदवार भूपबहादुर डाँगीले लिखित समर्थन जनाएपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।

पहिलो चरणमा २ हजार १ सय ३७ मत खसेकोमा शंरले सर्वाधिक ७ सय ७६ मत ल्याएका थिए भने भूपबहादुरले ४ सय ५६ मत ल्याएका थिए ।

दाङमा यसपटक पालिका र क्षेत्रीय अधिवेशनमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट समूहले वर्चस्व कायम गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *