बन्दसत्र शुरु हुन ढिला हुँदा देउडा खेलेर समय विताउँदै एमाले प्रतिनिधि (भिडिओ) – Nepal Press

बन्दसत्र शुरु हुन ढिला हुँदा देउडा खेलेर समय विताउँदै एमाले प्रतिनिधि (भिडिओ)

चितवन । नेकपा एमाले दशौं महाधिवेशनको तेस्रो दिन बन्दसत्र सुरु हुन ढिलाँ भइरहँदा महाधिवेशन प्रतिनिधिहरु देउडा खेलेर समय व्यतीत गरिरहेका छन् ।

पार्टी नेतृत्वलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस भएका कारण बन्दसत्र तोकिएको समयमा सुरु हुन सकेको छैन । तर प्रतिनिधिहरु विहानै बैठकस्थल पुगिसकेका कारण फुर्सदमा छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक संस्कृति देउडा खेलमा दुबै प्रदेशका प्रतिनिधि र एमाले कार्यकर्ता जुटेका छन् । खेलमा माओवादी, काङ्ग्रेस र एकीकृत समाजवादीविरुद्ध कडा गीत गाइएको छ ।

तस्बिर: उमेश कार्की/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर