जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २७ घाइते – Nepal Press

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २७ घाइते

जाजरकोट । जाजरकोटको कुदु बराहचाेकनजिक यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ दुर्घटनामा २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस आज विहान २ बजे भेरी नगरपालिका कुदु बराहचाेकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए ।

राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर