ओलीलाई सर्वाधिकार दिने निर्णयमा भीम रावलकाे आपत्ति – Nepal Press

ओलीलाई सर्वाधिकार दिने निर्णयमा भीम रावलकाे आपत्ति

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णयमा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि उपाध्यक्ष रावलले फरक मत राखेका हुन् ।

उनले राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्माण गर्ने विधानको व्यवस्थाविपरितको निर्णय भएको बताएका छन् । विधानले महाधिवेशनबाट कमिटी छान्न निर्देश गरेकाले सोही अनुसार निर्णय हुनुपर्ने बताए ।

महाधिवेशनका प्रतिनिधिहरुको अधिकार हनन गरी यस्तो निर्णय गर्दा लोकतान्त्रिक परिपाटी अन्त्य हुने रावलको भनाई छ ।

महत्त्वपूर्ण महाधिवेशनमा यस्तो कुराले प्रवेश गर्नु उपयुक्त नभएको उनले बताए ।

रावलले आफूले १० औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोही अनुसार उम्मेदवारी दिने पनि बताए ।


प्रतिक्रिया

One thought on “ओलीलाई सर्वाधिकार दिने निर्णयमा भीम रावलकाे आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर