भारतले अन्तर्राष्ट्रिय यात्रामा कडाइ गर्ने, हङकङ र दक्षिण अफ्रिकाको उडानमा प्रतिबन्ध – Nepal Press

भारतले अन्तर्राष्ट्रिय यात्रामा कडाइ गर्ने, हङकङ र दक्षिण अफ्रिकाको उडानमा प्रतिबन्ध

काठमाडौं । विश्वभर कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण फैलिन थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय यात्रामा कडाइ गर्न मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मोदीले विशेषगरि संक्रमण पुष्टि भएका मुलुकबाट भारत आइपुग्ने उडानका यात्रुलाई केन्द्रित गरेर विद्यमान मापदण्डभित्र रहेर कोभिड परीक्षण गर्न पनि निर्देशन दिएका छन् ।

मोदीले नयाँ भेरिएन्टविरुद्ध मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने र कोभिड मापदण्डलाई फलो गर्ने सुरक्षात्मक उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

कोरोनाको नयाँ भेरिएन्ट आएसँगै मोदीले विशेष बैठक बोलाएका थिए जहाँ मन्त्रिपरिषद् सचिव, स्वास्थ्य सचिव, भारतको कोभिड कार्यदलका प्रमुख सहभागी थिए । बैठकमा कोभिडको पछिल्लो स्थितीबारे समीक्षा भएको थियो ।

दक्षिण अफ्रिकामा संक्रमण पुष्टि भएको ओमाइक्रोन भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेपछि मोदीले बैठक बोलाएका हुन् ।

भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङलाई रेड लिस्टमा राखेको छ भने यही गन्तव्यबाट ७५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने भएको छ । दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालले पनि नयाँ भेरिएन्ट संक्रमण पुष्टि भएका मुलुकसँग हुने उडानलाई रोक्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर