सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको प्रस्ताव ! – Nepal Press

सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको प्रस्ताव !

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् ।

ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् ।

अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने प्रस्ताव गरेकाे बताइएकाे छ । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् ।

आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् ।

केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन् । प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन् ।

स्राेत – न्यूज कारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर