अध्यक्षमा भोट माग्दै भीम रावल, चुनाव हुने सम्भावना बढ्यो – Nepal Press

अध्यक्षमा भोट माग्दै भीम रावल, चुनाव हुने सम्भावना बढ्यो

काठमाडौं । नेकपा एमालेमा १० महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थालेका छन् । उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेका हुन् । उनले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गरिरहेका छन् ।

यसअघि शुक्रबार साँझ पनि आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताएका थिए । केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ ।

यसैबीच रावलले अध्यक्षमा भोट नै माग्न थालेपछि निर्वाचन हुने सम्भावना थप बढेको हो ।


प्रतिक्रिया

One thought on “अध्यक्षमा भोट माग्दै भीम रावल, चुनाव हुने सम्भावना बढ्यो

  1. लोकतान्त्रिक ब्यबस्थामा चुन्नु र चुनिनु एकदम बैज्ञानिक विधि हो तर कम्रेड डा.भिम रावलको बिगतका गतिविधिहरु आफ्नै पार्टीको सरकारको विरुद्ध देखियो । उहाँ कैले माकुने उचाल्ल्ने त कैले कताको गुटमा सामेल भएको भोटर नेता तथा कार्यकर्ताले राम्रोसँग बुजेका छन । जनताकै लागि हो भने चुपचाप बस्नुस तपाईलाई पार्टीले उचित जिम्मेवारी दिने पक्का छ । जनताकै लागि राजनीति गर्नु भएको हो भने तपाई सरकारमा रहदा पाएको मुख्या जिम्मेवारी बापत पुर्ब भै सक्दा त्यो सेवा सुबिधा त्याग्नुस र अहिले सम्म जति पनि पुर्ब भैसकेका बेभिचारी नेता नामका मख्खीहरुलाई त्यो लेसन लर्न गर्ने मौका दिनुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर