‘बस रेष्टुराँ’ मा झुम्मिए एमाले प्रतिनिधि (तस्बिरहरू) – Nepal Press

‘बस रेष्टुराँ’ मा झुम्मिए एमाले प्रतिनिधि (तस्बिरहरू)

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत केही बेरमा सौराहामा बन्दसत्र सुरू हुँदैछ । महाधिवेशनले एमालेमय बनेको चितवनमा देशभरबाट नेता/कार्यकर्ता भेला भएका छन् ।

कोरोना महामारी, लकडाउनका कारण थलिएको यहाँको पर्यटन तथा होटल व्यवसायलाई यो महाधिवेशनको चहलपहलले केही राहत मिलेको छ ।

बन्दसत्र सुरू हुने दिन आज बिहानैदेखि सौराहामा बसभित्रको रेष्टुरेन्टमा प्रतिनिधिको आकर्षण बढेको छ । रेष्टुरेन्टका संचालक नवीन भट्टलाई भ्याइनभ्याइ छ । विदेशी पर्यटककको रोजाइमा पर्ने यो रेष्टुरेन्टमा अहिले एमाले कार्यकर्ता झुम्मिएका छन् ।

अरुबेला नास्ताहरू पनि पकाउने गरेकोमा अहिले चिया पकाएरै नभ्याइएको भट्ट बताउँछन् । ‘सधैँ यस्तै भीडभाड भए त गजबै हुन्थ्यो नि’, भट्टले नेपाल प्रेससँग भने ।

बिग्रेका दुई बस १० लाखमा ल्याएर भट्टले दुई वर्षअघिबाट पर्यटकको आकर्षणका लागि यो व्यवसाय सुरू गरेका हुन् ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर