दार्चुलामा दोब्बर मत ल्याएर संस्थापन इतरका बोहरा सभापतिमा निर्वाचित – Nepal Press

दार्चुलामा दोब्बर मत ल्याएर संस्थापन इतरका बोहरा सभापतिमा निर्वाचित

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा संस्थापन इतर पक्षका ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका उम्मेदवार अमरसिंह धामीलाई ३ सय ११ मतले पराजित गरे । बोहराले ६ सय २० मत ल्याउँदा धामीले ३ सय ९ मत ल्याए ।

उपसभापतिमा ललितसिंह ठगुन्ना (५४०) र महादेब बडू (४८२) विजयी भए । सचिवमा पुलेन्द्र कार्की (६६५) र माधवराज भट्ट (४७५) विजयी भए । सहसचिवमा राजु अवस्थी (५६९) तथा राजेन्द्रप्रशाद जोशी (४२९) विजयी भएका छन् ।

पदाधिकारी तथा कार्यसमितिका अधिकांश पदमा बोहरा प्यानलकै उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर