सौराहामा एमाले केन्द्रिय कमिटीको अन्तिम वैठक मध्यराति सुरु – Nepal Press

सौराहामा एमाले केन्द्रिय कमिटीको अन्तिम वैठक मध्यराति सुरु

काठमाडौं । एमालेको केन्द्रिय कमिटीको अन्तिम वैठक सौराहामा अबेर राति सुरु भएको छ । आज राति ८ बजे बस्ने भनिएको वैठक ११ बजेबाट सुरु भएको हो ।

महाधिवेशनबाट फर्कनेहरुको भिडले चितवनको ट्राफिक अस्तव्यस्त हुँदा एमाले केन्द्रीय सदस्यहरु जाममा परेका थिए । अध्यक्ष ओली पनि ढिला गरी वैठक स्थलमा उपस्थित भएका छन् । अध्यक्ष आएसँगै वैठक सुरु भएको हो ।

एमाले महाधिवेशन आज उद्घाटन भएको छ भने भोलीबाट बन्दसत्र सुरु हुँदैछ । आज बस्ने अन्तिम केन्द्रिय समिति वैठकले पार्टी पदाधिकारी संख्या थप्ने, केन्द्रीय समितिको आकार बढाउने तथा पोलिटब्यूरो गठन गर्नेजस्ता प्रस्तावमा छलफल गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर