नेटफिल्क्स फिल्म ‘फोर्टिन पिक्स’लाई काठमाडौंमा प्रिमियर (तस्बिरहरु) – Nepal Press

नेटफिल्क्स फिल्म ‘फोर्टिन पिक्स’लाई काठमाडौंमा प्रिमियर (तस्बिरहरु)

पर्यटनमन्त्री आले र राजेश हमालले दिए 'स्टान्डिङ ओभेसन'

काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’लाई शुक्रबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ ।

२ घण्टा लामो यो फिल्मलाई अमेरिका र बेलायतपछि नेपालमा प्रिमियर गरिएको हो । क्यूएफएक्सको लाबिम हलमा आयोजित प्रथम प्रदर्शनीमा पर्यटनमन्त्री प्रेमबहादुर आले, कूटनीतिज्ञ, व्यवसायी र सेलेव्रिटी सहभागी थिए ।

मन्त्री आलेसहितका अतिथिले फिल्म हेरिसकेपछि पूर्जालाई ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । ‘निकै इन्जोय गरेँ, धेरै राम्रो फिल्म बनेको रहेछ’ फिल्म हेरेपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले भने, ‘पक्कै पनि यो फिल्मले नेपाल र नेपाली पर्यटनलाई अन्तर्राष्ट्रियरुपमा राम्रो सन्देश जानेछ ।’

बेलायती राजदूत निकोला पोलिटले पनि फिल्म असाध्यै राम्रो बनेको बताउँदै यसले नेपाली पर्यटनलाई अझै प्रचारप्रसार गर्ने बताइन् । आठ हजारमाथिका अग्ला १४ हिमाललाई पूर्जाले ६ महिनामै कसरी सफलतापूर्वक आरोहण गर्न सफल रहे भन्ने कथा यसले भन्छ ।

राजेश हमाल र पत्नी मधु आरोही निर्मल पूर्जासँग ।
पर्यटनमन्त्री प्रेमबहादुर आले र निर्मल पूर्जा ।
बायाँबाट फिल्म उद्यमी नकिम उद्दिन, अभिनेत्री शिल्पा मास्के र पूर्जा ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा र पूर्जा ।
बायाँबाट अभिनेता कार्म, पूर्जा र विनय श्रेष्ठ ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी र पूर्जा ।

अभिनेता राजेश हमालले नेटफिल्क्सजस्तो विश्व चर्चित ओटीटीले नेपाली कथा र पात्रमाथि फिल्म बनाउँदा यसले नेपाली फिल्म र पर्यटनलाई फाइदा पुग्ने बताए । ‘मधु र मैले निकै इन्जोय गर्‍यौं । धेरैपटक म भावुक पनि भएँ’ हमालले नेपाल प्रेसलाई भने ।

यो फिल्म विश्वका ३१ भाषासहित नेटफिल्क्सबाट सोमबारदेखि विश्वभर रिलिज हुँदैछ । नेटफिल्क्सले ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ ।

३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो ।

निर्मल पूर्जा आगामी साता अन्टार्कटिकातर्फ जाँदैछन् । उनी त्यसतर्फ जानुअघि मिडियाकर्मीको लागि फिल्मको प्रिमियर गर्ने योजना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *