अन्तिम समयसम्म सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास हुन्छ : गोकर्ण बिष्ट – Nepal Press

अन्तिम समयसम्म सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास हुन्छ : गोकर्ण बिष्ट

चितवन । नेकपा एमाले सचिव गोकर्ण बिष्टले आगामी नेतृत्व सहमतिको आधारमा हुन आवश्यक रहेको बताएका छ ।

केन्द्रिय कमिटी बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी एकता कायम राख्न सहमतिको आधारमा नेतृत्व चयन गर्न आवश्यक रहेको बताए ।

‘सहमतिको आधारमा नेतृत्व चयन गर्न सबैको जोड छ ।महाधिवेशनमा जति एकताको सन्देश दिन्छौं त्यति आगामी निर्वाचनमा बलियो हुन्छौ । यो भावना सम्बोधन गर्न दशौं महाधिवेशले हैसियत राख्छ’, उनले भने ‘कार्यकर्तले केही संख्या थपेर भए पनि एकतामा जोड दिइरहनु भएको छ ।’

दशौ रास्ट्रिय महाधिवेशन एकता र समझदारीको महाधिवेशन बन्नेमा उनले बिश्वास ब्यक्त गरे ।

‘सहमतिको आधारमा नेतृत्व चयन गर्नेमा अन्तिम समय सम्म जोड हुन्छ,’ उनले भने, ‘१० बुँदा, १० भाइ बिगतको कुरा हो । पुरानो कुरा सम्झेर पार्टी अघि बढ्न सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर