ओलीले भने- देशलाई दिशानिर्देश गर्ने एकताबद्ध नेतृत्व निर्माण गरेर निस्कनेछौं – Nepal Press

ओलीले भने- देशलाई दिशानिर्देश गर्ने एकताबद्ध नेतृत्व निर्माण गरेर निस्कनेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आज सुरु भएको महाधिवेशनले पार्टीमा उच्च स्तरको समझदारी र एकता कायम गर्ने बताएका छन् ।

महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सहमति वा लोकतान्त्रिक विधिबाट महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।

ओलीले भने, ‘सहमति होस वा लोकतान्त्रिक विधिबाट, उच्चस्तरको समझदारी र एकताका साथ महाधिवेसनलाई सम्पन्न गर्नेछौं ।’

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सर्वाधिक जनसमर्थनका साथ र उत्साहका साथ सम्पन्न भएको छ । अब अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने, देश हाँक्ने एकतावद्ध नेतृत्व निर्माण गरेर महाधिवेशन हलबाट निस्कनेछाैं । त्यही सुखद सन्देश लिएर बाहिर आउने छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर