मंगलबार बिहे गर्दै रेश्मा : टीकाटालो भएको एकवर्षपछि कसिँदैछ लगनगाँठो – Nepal Press

मंगलबार बिहे गर्दै रेश्मा : टीकाटालो भएको एकवर्षपछि कसिँदैछ लगनगाँठो

काठमाडौं । नायिका तथा रियालिटी सो होस्ट रेश्मा घिमिरेले गतवर्ष प्रेमी प्रभात बाबुसँग टीकाटालो गरेकी थिइन् । गएको मंसिर १८ गते यी दुईबीच इन्गेजमेन्ट भएको थियो ।

इन्गेजमेन्ट एनिभर्सरीकै छेकेमा मंसिर १४ गते रेश्मा र प्रभातबीच बिहे हुने भएको छ । प्रभात अमेरिकामा रहेर डाक्टर पढिरहेका छन् भने रेश्मा अहिले नेपाल आइडलको नयाँ सिजनको होस्ट गरिरहेकी छिन् ।

रेश्मा निकट स्रोतका अनुसार उनीहरु १४ गते वैवाहिक जीवनमा बाँधिदैछन् । बिराटनगरमा बिहे कार्यक्रम हुने र काठमाडौंमा बिहे रिसेप्सन आयोजना गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।

रेश्मा सामाजिक संजाल टीकटकमा समेत उत्तिकै चर्चित छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *