चितवनबाट एमाले नेताहरुकाे दाबी- अबको चुनावमा हाम्रो बहुमत पक्का – Nepal Press

चितवनबाट एमाले नेताहरुकाे दाबी- अबको चुनावमा हाम्रो बहुमत पक्का

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी नेकपा एमालेका नेता कार्यकर्ताहरुले अबको निर्वाचनमा बहुमत आउने दावी गरेका छन् ।

देशभरीबाट लाखौंको संख्यामा नेता कार्यकर्ता सहभागी १० औं महाधिवेशनमा यस्तो दावी नेताहरुले गरेका हुन् ।

नेता विष्णु रिजाल देशभरी नै एमालेप्रतिको क्रेज बढेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिले एमालेप्रति जनताको क्रेज झन बढेको छ । ७७ जिल्लाबाटै उत्साह र उर्जाका साथ नेता कार्यकर्ता र जनता उर्लिएका छन् । यो एमालेको ऐतिहासिक शक्ति प्रदर्शन नै हो । ‘यो उपस्थितिले पार्टी नेताहरुलाई थप जिम्मेवार बन्न र देशको विकास गर्नका लागि सचेत तुल्याएको छ ।’

उनले यो जनमानसको उपस्थितिले देशैभर आशाको सञ्चार गराएको बताए ।

नेकपा एमालेका महाधिवेशन प्रतिनिधि दयाराम विश्वकर्माले पनि एमालेको यो जनलहरले आफूहरुलाई थप उत्साहित बनाएको बताए ।

‘अहिले पनि एमाले देश भरमै एक नम्बरमै छ भन्ने कुराको पुष्टि भएको छ । ‘त्यसैले अबको देश परिवर्तन र सुखी नेपाली समृद्ध नेपाल निर्माणकर्ता नै एमाले हो भन्ने कुरा आम जनताले देखाइदिएका छन् ।’

कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले अब एमाले एक्लै चुनावमा गएर बहुमत ल्याउने कुराको पुष्टि भएको बताए ।

उनले भने, ‘केहि व्यक्ति चोइटिएर एमाले कमजोर भयो भन्दै थिए । आजको यो लाखौंको जनमानस हेरेर बुझे होलान नि ? केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरिसकेकी सांसद खड्काले भनिन्, ‘यो उपस्थित जनमासले एमालेको विकल्प कोही हुन नसक्ने देखाएको छ । अब हामी गाउँ फर्केर पार्टीलाई एकताबद्ध र सदृढ बनाउने अभियानमा सहभागि हुन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर