चितवनबाहिरका सहभागीलाई एमाले महाधिवेशनस्थलमा पुग्नै सकस – Nepal Press

चितवनबाहिरका सहभागीलाई एमाले महाधिवेशनस्थलमा पुग्नै सकस

चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बाहिरी जिल्लाहरुबाट आएका सर्वसाधारणलाई महाधिवेशन उदघाटनस्थल नारायणी नदिकिनार क्षेत्र पुग्नै सकस भएको छ ।

बिहानै गाडी रिजर्भ गरि आएका सर्वसाधारणहरु सडकमा बढ्दो जामका कारण समस्यामा परेका हुन् । पूर्वी नेपालका २१ जिल्लाबाट आएका उनीहरु टिकौली जंगल सडक पार गर्न सकेका छैनन्।

उनीहरु फर्किने या नदि किनार आउनेमा अलमल छन् । यातायात व्यवस्थापन उपसमिति संयोजक प्रदेश सांसद कृष्ण भुर्तेलले आउन समस्या भएको गुनासाहरु आउन थालेको बताए ।

‘हामीले ११ ठाउँमा पार्किङ व्यवस्थापन मिलाएका छौँ, तर पार्किङ स्थल सबै भरिभराउ छन्, भित्रि सडकहरु पनि भरिन थालेका छन्’, उनले भने, ‘हामी यातायात सहज पार्न प्रयासर छौं ।’

महाधिवेशनस्थल नजिकैको सडकमा पनि सर्वसाधारण अलपत्र छन् । उनीहरु २ मिनेटमै पुग्ने ठाउँमा १ घण्टा बढी समय व्यतित हुँदा पनि सडक पार गर्न सकेका छैनन्

केहिबेरमै एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । ओलीको भाषण सुन्न आउन चाहेका सर्वसाधारण बीच बाटोमै अलपत्र छन् ।

आँपटारी, रामनगर लखन पार्क, वीरेन्द्र क्याम्पसको ९ विघा, बागेश्वरी क्षेत्र, नारायणी लिफ्टको क्षेत्र, नेपाल ट्रष्ट, केन्द्रीय बस ट्रमिनल, बिसहजारि ताल जाने सडक, गैडाकोट क्षेत्रमा पार्किङ व्यवस्था मिलाइएको थियो । महाधिवेशन प्रतिनिधिहरुलाई क्याम्पाचौर क्षेत्रमा पार्किङ व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर