एमाले महाधिवेशनमा माओवादी नेताले भने– आज विभक्त मन भोलि पक्कै फर्कनेछन् (भिडिओ) – Nepal Press

एमाले महाधिवेशनमा माओवादी नेताले भने– आज विभक्त मन भोलि पक्कै फर्कनेछन् (भिडिओ)

चितवन । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकतावद्ध हुने बताएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधिका रुपमा एमालेको दशौं महाधिवेशनमा शुभकामना मन्तव्य दिदैं पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताए ।

‘हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिएपनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिएपनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर