सभामुख सापकोटामाथि अनुसन्धान गर्न स्पेनलाई नेपाली अधिकारवादी संस्थाद्वारा पत्राचार – Nepal Press

सभामुख सापकोटामाथि अनुसन्धान गर्न स्पेनलाई नेपाली अधिकारवादी संस्थाद्वारा पत्राचार

काठमाडौं । नेपाली अधिकारवादी संस्थाहरुले द्वन्द्वकालिन मानवअधिकार उल्लंघनका घटनामा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान सुरु गर्न आग्रह गर्दै स्पेन सरकारलाई पत्राचार गरेका छन् ।

दशक लामो माओवादी सशष्त्र द्वन्द्वमा सापकोटाले मानवअधिकार उल्लंघन गरेको उल्लेख गर्दै ती संस्थाले विश्वव्यापी न्यायिक क्षेत्राधिकारभित्र रहेर सापकोटाविरुद्ध खुला अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

नेपालका २४ वटा अधिकारवादी संस्थाहरु र द्वन्द्व पीडितहरुको छाता संस्था अकाउन्टिब्लटी वाच ग्रुपले सन् २००५ मा भएको काभ्रेका अर्जुन लामाको हत्याको घटनामा सापकोटाको संलग्नता रहेको हुनसक्ने दावी गर्दै छानविन गर्न आग्रह गरेको हो ।

सभामुख सापकोटा अहिले अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४३ औं सम्मेलनमा भाग लिन अहिले मड्रिड भ्रमणमा छन् । उक्त संस्था संसारका १७९ वटा संसदीय समूहको साझा संस्था समेत हो ।

आइपीयू अध्यक्ष डर्टे पाचेको, स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनो, नयाँ दिल्ली र काठमाण्डूका लागि स्पेनी राजदूत जोसे मारिया रियाडो डोमिनगुएजलाई सम्बोधन गरिएको पत्रमा आइपीयू र स्पेन सरकारलाई तत्काल छानविन गर्न भनिएको छ ।

गत शनिबार तत्कालिन विद्रोही माओवादी र राज्य पक्षबीच भएको बृहत शान्ति सम्झौताको १५ वर्ष पुरा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर