माओवादी नेता पुनलाई थप उपचारका लागि बैंककबाट सेन्जेन लगियो – Nepal Press

माओवादी नेता पुनलाई थप उपचारका लागि बैंककबाट सेन्जेन लगियो

काठमाडौं । नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई स्वास्थ्योपचारका लागि चीनको सेन्जेन लगिएको छ । डेढ महिनासम्म थाइल्यान्डमा उपचार गराउँदा पनि ठोस सुधार नभएपछि उनलाई चीन लगिएको हो ।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्सेजमा पुनको उपचार हुनेछ । उनीसँग पत्नी ओनसरी घर्ती र छोरी शिला रहेका छन् । उनीहरू बैंककबाटै सेन्जेनतर्फ प्रस्थान गरेको पुनका स्वकीय सचिव सन्तोष पुनले नेपाल प्रेसलाई जानकारी दिए ।

जटिल प्रकृतिको जण्डिसबाट पीडित नेता पुनको बैंककस्थिति समितिभेज अस्पतालमा डेढ महिनासम्म उपचार गराइएको थियो । त्यहाँका चिकित्सकहरुको सल्लाहमा सेन्जेन लगिएको बुझिएको छ ।

काठमाडौंबाट बैंकक लैजाँदा पुनमा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको बताइएको छ ।

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा उनको उपचार भएको थियो । यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था गम्भिर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए ।

उपचारपछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जण्डिस दोहोरिएको थियो ।

कोरोनाका कारण चीन सरकारले लगाएको आवतजावतमा कडा मापदण्ड लागू गरेको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले नै चिनियाँ पक्षसँग पहल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर