मञ्च र मस्कटमा नभेटिएका ओली मास्कमा ! – Nepal Press
एमाले महाधिवेशन

मञ्च र मस्कटमा नभेटिएका ओली मास्कमा !

चितवन । नेकपा (एमाले)को प्रथम विधान महाधिवेनश ओलीमय थियो । राजनीतिकरुपमा मात्रै नभएर ओलीको बढेमानको प्रतिमा र मस्कटका कारण पनि महाविधेशनस्थलमा ओलीमय देखिएको थियो । ती प्रतिमा र मस्कटसँग फोटो खिच्न प्रतिनिधिले तछाडमछाड गरेको देखिन्थ्यो।

कतिपयले यसको आलोचना समेत गरेको थिए । कम्युनिष्ट पार्टीमा व्यक्तिको अतिदेवत्वकरण आवश्यक नभएको भन्दै आलोचना भएको थियो । यसपटक भने त्यो आलोचना सुनेर सुधार गरेको देखिन्छ । महाधिवेशनस्थलमा कहींकतै पनि ओलीको मस्कट वा प्रतिमा बनाइएको छैन । ब्यानरहरुमा पनि ओलीको फोटो खासै राखिएको छैन ।

पार्टीमा आवद्धभन्दा पनि व्यापारिक समूहले केपी ओलीको तस्बिर अंकित मास्क भने छापिएको देखियो । सहभागीलाई उनीहरुले प्रतिमास्क ५० रुपैयाँमा बेचिरहेको पाइयो । त्यस्तै व्यापारिक समूहले टोपी पनि बनाएर पनि बेचिरहेको पाइयो । प्रतिटोपी १ सय ५० मा बिक्री भइरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर