एमाले महाधिवेशनमा सहभागी अधिकांश भन्छन्– ओलीको विकल्प ओली नै (भिडिओ) – Nepal Press

एमाले महाधिवेशनमा सहभागी अधिकांश भन्छन्– ओलीको विकल्प ओली नै (भिडिओ)

चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाविधेशनमा सहभागीहरुले अध्यक्ष केपी शर्मा ओलीको विकल्प अरु कोही हुन नसक्ने बताएका छन् । महाधिवेशनस्थल नारायणदी नदी किनारमा बिहानै जम्मा भएका धेरै सहभागीले अध्यक्षमा पुनः ओलीलाई नै दोहोर्याउनुपर्ने विचार व्यक्त गरेका छन् ।

नेपाल प्रेससँग लाइभ कुराकानी गर्दै सहभागिहरुले ओलीको विकल्प ओली नै रहेको धारणा व्यक्त गरेका हुन् । तीन वर्ष सरकारको नेतृत्व गर्दा विकास र राष्ट्रियता प्रवद्र्धन गरेको र अबको चुनाती पनि ओलीको नेतृत्वमा नै सामना गर्न सकिने भन्दै उनीहरुले पुनः ओलीका पक्षमा आफूलाई उभ्याएका हुन् ।

सहाभागी मात्रै नभएर महाधिवेशनस्थलमा सहभागी केही प्रतिनिधिले पनि ओलीको विकल्प ओली नै रहेको विचार व्यक्त गरे ।

तस्बिर/भिडिओः उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर