प्रधानमन्त्रीले शुक्रबार बार पदाधिकारीलाई छलफलमा बोलाए – Nepal Press

प्रधानमन्त्रीले शुक्रबार बार पदाधिकारीलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीलाई छलफलमा बोलाएका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा छलफललाई बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार र सर्वोच्च अदातल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि देउवाले बोलाएका हुन् ।

प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाइने बार अध्यक्ष श्रेष्ठले बताए ।

आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको राजीनामा र बारले अघि सारेको न्यायालय शुद्धीकरण बारे छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *