केही पद सहमतिमै टुंग्याउँछौं, केहीमा निर्वाचन गर्छौं : प्रदीप ज्ञवाली (भिडियो संवाद) – Nepal Press

केही पद सहमतिमै टुंग्याउँछौं, केहीमा निर्वाचन गर्छौं : प्रदीप ज्ञवाली (भिडियो संवाद)

चितवन । नेकपा (एमाले) को १० महाधिवेशन भोलिदेखि शुरु हुँदै छ । एमालेको समग्र शक्ति चितवनमा केन्द्रित छ नै, देशकै ठूलो पार्टी भएको हुनाले देशकै नजर पनि चितवनमा छ ।

महाधिवेशको पूर्वसन्ध्यामा रहेको एमालेले कस्तो नेतृत्व र नीति चयन गर्ला भन्ने सर्वत्र चासो पनि छ। महाधिवेशन तयारीका लागि चितवनको सौराहामा रहेका एमाले सचिव एवम् प्रवक्ता प्रदीप ज्ञवालीसँग नेपाल प्रेसकर्मी रामकुमार डिसीले यी प्रश्नको जवाफ खोजेका छन् ।

ज्ञवालीका अनुसार महाधिवेशको लगभग सबै तयारी पुरा भएको छ । बाँकी रहेको विषय भोलि बिहान सम्म पुरा हुने उनले बताए ।

एमाले नेतृत्वका लागि आकांक्षीहरुको होडबाजी चलिरहेका बेला ज्ञावली भने केही पदमा सहमति र सहमति नहुनेमा निर्वाचन गरेर भए पनि टुंग्याउने बताउँछन् ।

‘सकभर हाम्रो प्रयत्न सहमतिमै हुन्छ,’ उनले भने, ‘सबैमा सहमति हुन नसक्ला । यस्तो अवस्थामा हामी लोकतान्त्रिक विधिबाट बाँकी विषय टुंग्याइन्छ।’

ज्ञवालीले चितवनबाट अहिले पनि एमाले देशको सशक्त शक्ति भएको सन्देश दिने बताए । उनले लोकतन्त्रको चिरहरण गरेको र राष्ट्रियतामा अहिलेको सरकारले खेलबाड गरेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद हुने बताए ।

ज्ञवालीले अनुसार महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्ता गरिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश राष्ट्रिय दलका अध्यक्ष आउने जानकारी दिए। उनका अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने/नआउने बारे निश्चित नभइसकेको बताए ।

कोभिडका कारण केही विदेशी पाहुनाले उत्तैबाट सन्देश पठाउने र केही आउने जानकारी दिए।

हेरौं ज्ञवालीसँगको संवादः

भिडियोः उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर