कांग्रेस जिल्ला अधिवेशन : १५ जिल्लामा देउवा, १४ जिल्लामा पौडेलनिकट सभापति – Nepal Press

कांग्रेस जिल्ला अधिवेशन : १५ जिल्लामा देउवा, १४ जिल्लामा पौडेलनिकट सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाहरुबाट आएको परिणाम अनुसार संस्थापन पक्ष अगाडि देखिएको छ ।

अधिवेशन भएका अन्य केही जिल्लाको अन्तिम परिणाम आइसकेको छैन । परिणाम आएका ३० मध्ये सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ जिल्ला सभापति जितेको छ । जाजरकोटका सभापति बेदराज सिंहले भने आफू सर्वसम्मत भएकोले दुवै गुटमा तत्काल नखुल्ने बताएका छन् ।

देउवानिकट जिल्ला सभापतिहरु:-

डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
डोटी – नरेन्द्रबहादुर सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
बझाङ – खडक बोहरा
हुम्ला – मोहनविक्रम सिंह

पौडेलनिकट सभापतिहरू:-

रुकुमपूर्व – केशरमान रोका
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा
कालीकोट – अम्मबहादुर शाही
बाजुरा – रामसिंह रावल
रोल्पा –किशोर आचार्य
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर – विनोद बान्तावा
प्यूठान – विष्णुकुमार गिरी
अर्घाखाँची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
दुवैतर्फ नखुलेका
जाजरकोट – बेदराज सिंह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर