भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरणः पहिलो खेलमा सातदोबाटो र थ्री-स्टार – Nepal Press

भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरणः पहिलो खेलमा सातदोबाटो र थ्री-स्टार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो चरणको पहिलो दिन शुक्रबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा सातदोबाटो युथ क्लब र थी्र–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब भिड्ने छन् ।

पहिलो चरणमा सातदोबाटोले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३–० गोलको नजितामा जित निकाल्दै थ्री-स्टार भने लिग तालिको शीर्ष स्थानमा छ । अर्कातिर, संकटाले हिमालयन सेर्पासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

थ्री-स्टारविरुद्धको खेलअघि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीः

लिगमा मैले ९ वटा क्लब हेरिसकेँ । पहिलो चरणमा हामीविरुद्ध खेलेको फ्रेन्ड्स क्लब पनि मैले हेरेको क्लब हो । र, थ्री–स्टार पनि । तर, म जुन क्लबमा छु, त्यो बाहेक १३ क्लब सबैलाई म ‘अपोनेन्ट’को रूपमा हेर्छु । १३ वटै विपक्षी टोलीलाई मैले एउटै नजरले हेरेकोे छु । अस्तिको गेम हेरेँ । थ्री–स्टार राम्रो देखिएको छ । त्यो अनुसार हामीले तयारी गर्ने कोसिस पनि गरेका छौँ ।

पहिलो खेलमा ५÷६ वटा गोल गर्ने अवसर सृजना गरेर पनि गोल गर्न सकेनौँ । त्यो समस्या दोहोरी रह्यो भने गाह्रो हुन्छ । त्यो समस्यालाई यो एक हप्ताको बिचमा सुधार्ने कोसिस गरेका छौँ । राम्रो स्तारका खेलाडी छन् थ्री–स्टारमा । हामीले भ्याएसम्म विश्लेषण गरेका छौँ । च्यासलविरुद्ध उनीहरूको तिन वटै गोल डिफेन्डरले गरेका थिए । ‘डेड बल’को फाइदा उठाएका थिए । त्यो कुरा हाम्रो खेलमा नदोहोर्याउने कोसिस गर्नेछौँ ।

भोलिको खेलमा हाम्रा एक विदेशी खेलाडी हुने छैनन् । दक्षिण अफ्रिकी खेलाडी सिफामान्ड्ला सेलो ९पहिलो खेलमै घाइते भएर २४औँ मिनेटमै मैदान छाड्नु परेको थियो ० घुँडाको शल्यक्रिया गरेर देशै फर्किनु पर्ला जस्तो छ । उनको अनुपस्थितले टोलीलाई घाटा भएको छ । यद्यपि, भोलि तीन अंककै लागि खेल्छौं । भोलि मात्रै होइन, प्रत्येक खेल हामी तीन अंकका लागि खेल्छौं ।

सातदोबाटोविरुद्धको खेलअघि थ्री स्टार क्लबका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठः

सातदोबाटोविरुद्ध अस्ति देखिएको फ्रन्टलाइन ९सबै गोल डिफेन्डरले गर्दा फितलो० को समस्या समाधान गर्नेछौं । तयारी राम्रो गर्ने समय पायौं । सातदोबाटो राम्रो टिम छ ।
९पहिलो चरणमा च्यासलविरुद्ध० जित निकालेपछि जो पनि सन्तुस्ट हुन्छ । तर, खेल अनुसार म सन्तुस्ट छैन । किनभने पहिलो खेलबाट अट्याकिङ थर्डमा हामीले स्कोर गर्ने अवसर निकाल्न सकेनौं ।

त्यो बाहेक अरु सबै खेल हामीले राम्रो गरेका छौँ । लिगमा सबै विपक्षी टोली बलियो छन् । हरेक खेल फाइनल सोचेर खेल्छौं । किनभने, लिगमा कसैलाई राम्रो कसैलाई नराम्रो भन्ने हुँदैन सबै टोली राम्रो छ जस्तो लाग्छ । सबै प्रशिक्षकले आफ्नै रणनितिले खेलाउँछन् त्यसैले खेल्न गाह्रै हुन्छ । सबै टोलीसँग खेल्न गाह्रो हुन्छ । झन् नयाँ टोलीसँग खेल्न गाह्रो हुन्छ । नयाँ टोलीको जोस हुन्छ, युवा खेलाडी हुन्छन् । कति खेलाडी थ्री–स्टार बाट पनि गएका छन् । त्यहि भएर हामीलाई सजिलो भन्ने छैन । । हामी आफ्नो खेल खेल्छौं । मिहिनेत गछौँ । आफ्नो सत प्रतिशत दिन्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *