नेपाली हरर फिल्म ‘कठ्पुतली’ अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुँदै – Nepal Press

नेपाली हरर फिल्म ‘कठ्पुतली’ अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुँदै

काठमाडौं। कोरोना संक्रमणदर कम भएसँगै निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच नेपाली हरर फिल्म ‘कठपुतली’ अंग्रेजी नयाँ बर्षको दिन आउँदो पुष १५ गते (डिसेम्बर ३०) मा प्रदर्शन हुने भएको छ ।

निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शन गर्न लागेको हो । कठपुतली फिल्मका निर्माता एवम् निर्देशक भीमसेन लामाले रिलिज मिति घोषणा गरेका हुन् ।

‘कठपुतली’ ले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको छ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पोस्ट-प्रोडक्सनको सम्पूर्ण काम लन्डन स्टूडियोमा भएको हो । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन् । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *