नवलपरासीको दाउन्ने बस दुर्घटना हुँदा १३ घाइते – Nepal Press

नवलपरासीको दाउन्ने बस दुर्घटना हुँदा १३ घाइते

रूपन्देही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्तर्गत एसमोडमा लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुँदा १३ जना घाइते भएका छन् । घाइतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ ।

काठमाण्डौंबाट यात्रु लिएर महेशपुरका लागि आएको उक्त बस बर्दघाटको त्रिवेणी चोकभन्दा माथिको एस मोडमा दुर्घना हुँदा १३ जना यात्रु घाइते भएका हुन् ।घाइतेहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले बताए ।

घाईतेहरुको उपचारका लागि प्रहरीले आफ्नै भ्यानको प्रयोग गरी अस्पतासम्म पुयएको प्रहरीले जनाएको छ । घाईतेहरु प्रायको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।

केहि घाईते यात्रुहरुको टाउकोमा चोट लागेका कारण उनीहरुको एक्सरे गर्नु पर्ने तर चिसापानी अस्पतालमा सो सेवा नभएकाले घाईतेहरुलाई एम्बुलेसमा राखेर स्थानीय संजिवनी हेल्थहोममा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर