राप्रपा अध्यक्षमा रेखा थापाको समर्थन राजेन्द्र लिङ्देनलाई – Nepal Press

राप्रपा अध्यक्षमा रेखा थापाको समर्थन राजेन्द्र लिङ्देनलाई

काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएकी छन् । लिङ्देनले आज आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा उपस्थित भएकी थिइन् ।

नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागिन् ।

उनलाई पार्टीको सहमहामन्त्रीसमेत बनाइएको थियो ।

राप्रपामा पुनःएकीकरणपछि उनी नेतृत्वप्रति असन्तुष्ट थिइन् । सोही असन्तुष्टिको फलस्वरुप अगामी महाधिवेशनमा लिङ्देनलाई समर्थन जनाएकी हु्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर