फ्रान्समा डुंगा दुर्घटना हुँदा बेलायत जाँदै गरेका २७ आप्रवासीको मृत्यु – Nepal Press

फ्रान्समा डुंगा दुर्घटना हुँदा बेलायत जाँदै गरेका २७ आप्रवासीको मृत्यु

एजेन्सी । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् ।

दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् ।

घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुई जनाको मात्र उद्दार भएको जानाकारी दिएका छन् ।

दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्री जोन्सन सहमत भएका छन् ।

बुधबार भएको सो दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ । दुर्घटना भएको नहर विश्वकै व्यस्त जल मार्ग मानिन्छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर