तानसेन-तम्घास सडक मर्मतका लागि दैनिक ११ घण्टा बन्द गरिने – Nepal Press

तानसेन-तम्घास सडक मर्मतका लागि दैनिक ११ घण्टा बन्द गरिने

रुपन्देही । पाल्पाबाट गुल्मी जोड्ने मुख्य सडकमार्ग तानसेन–तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टा बन्द हुने भएको छ ।

सडक निर्माणका लागि बन्द गरेर काम गर्नुपर्ने भएको पाल्पा सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउनको लागि कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको सूचना जारी गरेको छ ।

तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्सबाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिएका छन् ।

सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर