रुकुम पश्चिमको कांग्रेस सभापतिमा प्रेमप्रकाश दोहोरिए – Nepal Press

रुकुम पश्चिमको कांग्रेस सभापतिमा प्रेमप्रकाश दोहोरिए

रुकुम । नेपाली कांग्रेस रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन हुँदा प्रेमप्रकाश वली सभापतिमा दोस्रो कार्यकालका लागि चुनिएका छन् ।

उपसभापतिमा हर्कसिंह खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही चयन भएका छन् । सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्कालाई चयन गरिएको छ ।

क्षेत्रीय सभापतितर्फ ‘क’ निर्वाचन क्षेत्रमा महेन्द्र केसी र ‘ख’ निर्वाचन क्षेत्रमा भद्रबहादुर विष्टलाई सर्वसम्मत चयन गरिएको छ ।

महाधिवेशन प्रतिनिधि पनि सहमतिमै चयन गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर