नेपालगञ्जमा बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा स्यालसँग ठोकियो – Nepal Press

नेपालगञ्जमा बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा स्यालसँग ठोकियो

काठमाडौं । नेपालगञ्ज विमालस्थलमा बुद्ध एयरको जहाज अवतरणको क्रममा स्यालसँग ठोकिएको छ । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा स्यालसँग ठोकिदा यात्रु भने सकुशल रहेका छन् ।

बुद्ध एयरका डाइरेक्टर रुपेस जोसीले काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज आज साँझ अवतरणका क्रममा स्यालसँग ठोकिएको बताए ।

जोशीले भने, ‘मनविय क्षति भएको छैन् । ७२५०० एशिया जहाज अवतरणको क्रममा स्यालसँग ठोकिएको हो । यात्रुका लागि हामीले अर्को जहाज पठाएका छौं । जहाज कति क्षति भयो भने विवरण आइसकेको छैन् । भोलि विहान बुद्धको टोलि गएर मात्रै के-के क्षति भएको छ भनेर हेर्ने छ ।’

नेपालगञ्जमा यो भन्दा पहिले पनि बुद्ध लगायतको जहाज बन्यजन्तुसँग ठोकिने गरेको जोशीले बताए ।

‘सरकारलाई बन्यजन्तु हटाउनका लागि धेरै पटक आग्रह गर्दा पनि बजेट नभएको बताएने गरेको छ ।’ जोशीले भने, ‘अब पनि सरकारले नेपालगञ्ज विमानस्थलमा बन्यजन्तुको कुनै मतलब गरेg भने उडानै रोकिन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर