कर घटाउन निजी क्षेत्रको माग, सचिवले भने – सकिँदैन – Nepal Press

कर घटाउन निजी क्षेत्रको माग, सचिवले भने – सकिँदैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग कर घटाउन माग गरेको छ । स्वदेशी उद्योग र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान विषयमा सातौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर आयोजना भएको परिसंवाद कार्यक्रमा महासंघले सरकारसँग यस्तो माग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति भरत आचार्यले देशमा उद्योग स्थापना वृद्धि गर्नका लागि सरकारले कर घाटाउन पर्ने बताए ।

उनले भने, ‘उद्योगमा लगानी गर्न प्रोत्साहन गर्नका लागि सरकारले विभिन्न किसिका कर घटाउनु पर्छ । सरकारले आय कर, अन्तशुल्क, लाभांश कर घटाउनु पर्छ । विदुत महसुल कम, जग्गाको व्यवस्थापन र बैंकहरुले लिने व्याजजरको कम लगायतका सेवा सुविधा हुँदा नेपालमा उद्योग स्थापना वृद्धि हुन्छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशमा औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले अर्थतन्त्रको चुनौति व्यापार घाटा नै रहेको छ । भावना र नाराले मात्रै उद्योग स्थापना सम्भव हदैन । अहिले उर्जा र व्याजको खर्च धेरै भएकोले पनि उद्योगहरुको लागत बढिरहेको छ । तरलता व्यवस्थापन र व्याजदर स्थीर गर्नमा सरकारले ध्यान दिनु पर्छ । लजिष्टिक कष्ट कम गर्नका लागि शुक्खा बन्दरगाहमा रेलको पहुँच गर्न पनि आवश्यक छ ।’

यता, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले भने कर घटाउन नसकिने बताएका छन् । सचिव पोखरेलले सरकारको आम्दानीको बाटो कर नै भएकोले अहिलेको अवस्थामा कर घटाउने विषयमा नभन्न उनले आग्रह गरे ।

उनले भने, ‘तपाईंहरुले तिरेको करबाटै सरकार चल्छ । कर नतिरे सरकार कसरी चलाउने ? सक्नेले कर तिर्ने हो, सरकार जरिवाना चाहँदैन । निजी क्षेत्रले राखेका मागहरु समाधान गर्नका लागि मन्त्रालय तयार रहेको छ । औद्योगिकरणका लागि लागत कसरी न्यूनिकरण गर्ने विषयमा सरकार गम्भीर भएर काम गरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *