एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै माओवादीका पूर्वलडाकु (भिडिओ संवाद) – Nepal Press

एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै माओवादीका पूर्वलडाकु (भिडिओ संवाद)

काठमाडौं । डम्बर सुवेदी ‘हिमाल’ तत्कालीन ‘नेकपा’ विभाजन भएपछि पुर्नस्थापित भएको एमालेतिर लागे ।

तर, उनको पृष्ठभूमि भने पूर्वमाओवादी हो । माओवादी सशस्त्र युद्धमा होमिएका हिमाल दर्जन भन्दा बढी भिडन्तमा पनि सामेल भए ।

बिग्रेड कमिसारसम्म भएका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि पोलिटव्युरो सदस्यसम्म भए ।

२०७० र २०७४ मा गरि सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको चुनाव समेत लडे । २०७४ मा वाम गठबन्धनबाट चुनाव लडेका उनले ३५ हजार ३ सय ४९ मत ल्याएका थिए। तर, जितका लागि त्यो काफी भएन् ।

नेकपा अन्तरसंघर्षमा एमाले रोजेपछि हाल उनी एमाले नेता भएका छन्। त्यत्रो युद्ध लडेर आएको मान्छे किन एमालेमा भन्ने प्रश्नमा हिमाल त्यसका धेरै कारण दिन्छन् ।

शान्तिपूर्ण राजनीतिमा आएपछि आफ्ना नेता कार्यकर्ताको संरक्षण र संगठनलाई मजबुत राख्न नसकेकाले माओवादी कमजोर भएको हो भन्ने उनको ठम्याइ छ।

संसदीय राजनीति अंगालीसकेको माओवादी सैद्दान्तिकरुपले एमाले भन्दा पृथक नभएकाले आफूले बलियो शक्तिका रुपमा एमाले छनोट गरेको उनको भनाइ छ।

संसदीय राजनीतिमा पार्टीको सांगठानिक शक्ति महत्वपूर्ण भएकाले आफूले त्यसलाई पनि हेरेर पनि एमाले रोजेको उनको भनाइ छ ।

एमाले महाधिवेशनमा उनको दावेदारी केन्द्रीय दस्यमा छ । आफूहरुको पृष्ठभूमि माओवादी भए पनि आफूहरु एमालेमा छुट्टै समहूमा नभइ अन्तरघुलित भइसकेको उनको भनाइ छ ।

यही कारणले पनि महाधिवेशनमा प्रतिनिधिहरुले एमाले ठानेर मत दिएर केन्द्रीय सदस्यमा जिताउने विश्वास उनको छ।

हेरौं उनीसँगको भिडियो संवादः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर