मार्च १ सम्म युरोपमा थप सात लाखको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी – Nepal Press

मार्च १ सम्म युरोपमा थप सात लाखको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

लन्डन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मार्च १ सम्म युरोपमा कोभिड-१९ संक्रमणको कारण थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

यदि यही ट्रेन्ड कायम रहे युरोप महादेशमै कोभिडको कारण २२ लाख जनाले ज्यान गुमाउन सक्ने चेतावनी डब्लुएचओले दिएको हो । यो वर्षको चिसो याममा मृत्युको तथ्यांक थप बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

पछिल्लो महिना युरोपमा कोभिड संक्रमणमा वृद्धि भएसँगै अष्ट्रिया, नेदरल्यान्ड र बेल्जियममा लकडाउन सुरु भएको छ । जर्मनीले संक्रमण रोकथामका लागि प्रतिबन्धहरु लागू गरेको छ ।

डब्लुएचओका विज्ञहरुका अनुसार ५३ मध्ये ४९ वटा मुलुकमा आइसीयूको तीव्र दबाब पर्नेछ । केही मुलुकमा खोप लगाउन भैरहेको ढिलाइले संक्रमण बढेको आरोप विज्ञहरुले लगाएका छन् ।

युरोपेली युनियनमा मात्र अहिलेसम्म ६७.७ प्रतिशत जनसंख्याले मात्र कोभिडविरुद्धको खोप लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर